उपत्यकामा ३३३ सहित थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि, १८ संक्रमितको मृत्यु

काठमाडौं, मंसिर २९ : पछिल्लो २४ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५४२३ जनाको परीक्षणमा ५०४ महिला र ३१७ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २ सय ४६, भक्तपुरमा  ३४ र ललितपुरमा ५३ जनामा कोरोना पुष्टि भएको छ । महिला १ सय ४२ र पुरुष १९१ जना छन् ।

काठमाडौंमा सक्रिय संक्रमित ४ हजार ४८८, संक्रमणमुक्त ८८ हजार २५८,मृत्यु ४४६ र कुल संक्रमित ९३ हजार १९२ छन् । भक्तपुरमा सक्रिय संक्रमित ३५०, संक्रमणमुक्त ८ हजार ३१, मृत्यु ९७ र कुल संक्रमित ८ हजार ४८६ छन् ।

त्यसैगरी, ललितपुरमा सक्रिय संक्रमित ८२९, संक्रमणमुक्त १३ हजार ४७२,मृत्यु १३४ र कुल संक्रमित ४३५ छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ रहेको छ ।

यस्तै हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुने दर ९४.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४२३ जनाको पीसीआर परीक्षण भएको छ । योसँगै नेपालमा कुल १८ लाख ३६ हजार ४६४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.