ला लिगा : बार्सिलोना विजयी, मेसीको निर्णायक गोल

काठमाडौं, २९ मंसिर : लियोनल मेस्सीको गोलमा बार्सिलोनाले ला लिगामा लेभान्तेलाई हराएको छ ।

आईतबार राति नाउ क्याम्पमा बार्सिलोनाले रेलिगेशन क्षेत्रमा रहेको लेभान्तेमाथि १–० को कठिन जित निकालेको हो ।

बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा मेस्सीले विजयी गोल गरे । डी जोङले उपलब्ध गराएको पासमा मेस्सीले गोल गरेका हुन् ।

प्रशिक्षक रोनाल्ड कोम्यानले मार्टिन ब्रेथवेट, जोर्डी अल्बा, एन्टोनी ग्रिजम्यानलाई पहिलो रोजाईमा मैदान उतारेका थिए ।

लेभान्तेका गोलकिपर एटोर फर्नान्डेजले उत्कृष्ट प्रर्दशन गर्दै बार्सिलोनालाई निराश बनाएका थिए ।

बार्सिलोनाले लिगमा पाँचौ जित दर्ता गरेको हो । उसले तालिकामा दुई स्थान सुधार गरेको छ ।

बार्सिलोनाको जितमा लियोनेल मेसीले खेलको ७६औ मिनेटमा निर्णायक गोल गरेका थिए । योसँगै मेसीले बार्सिलोनाका लागि १० नम्बर जर्सीमा आफ्नो ६ सय गोल पुरा गरेका छन् ।

यो जितपछि बार्सिलोनाको ११ खेलमा १७ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको भने १२ खेलमा ११ अंक रहेको छ ।

गत हप्ता कार्डिजसंग पराजित बनेको बार्सिलोनाले च्याम्पियन्स लिगमा समेत युभेन्ट्ससंग ३–० को पराजय भोगेको थियो ।

युभेन्ट्ससंगको हारले बार्सिलोना समूह उप विजेताको रुपमा च्याम्पियन्स लिगको नकआउट चरण प्रवेश गरेको थियो ।

लियोनल मेस्सीले यस सिजन ९ गोल पुरा गर्दा लेभान्ते तालिकाको १८ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.