सर्लाहीको कपडा गोदाममा आगलागी‚ एक करोड क्षति

सर्लाही, २९ मंसिर : हरिवन नगरपालिका–११ स्थित कपडा गोदाममा आगलागी हुँदा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

बजारमा रहेको कैलाश साह र सञ्जय साहको कपडा गोदाम, कमल कार्कीको घरमा र महेश साहले सञ्चालन गरेका कपडा पसलमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

आइतबार राति १२ः४० बजे कपडा गोदाम र पसलमा आगलागी भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र बारुण यन्त्रको सहयोगमा राति २ः२० बजे आगो नियन्त्रणमा आएको थियो । घरका सामान आंशिक रुपमा र कपडा पसल पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागी कसरी भयो भन्ने यकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.