थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १५ को मृत्यु
काठमाडौं, २७ मंसिर : पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार २४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा उपत्यकामा ४८२ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा ३८१, भक्तपुरमा ३२ र ललितपुरमा ६९ जनामा कोरोना पुष्टि भएको छ । महिला १९६ र पुरुष २८६ छन् ।
काठमाडौंमा ९२ हजार ६८८ कुल संक्रमित, सक्रिय संक्रमित ४ हजार ५२०, मृत्यु ४४१ र संक्रमणमुक्त ९२ हजार ६८८ छन् । भक्तपुरमा सक्रिय संक्रमित ३८३, संक्रमणमुक्त ७ हजार ९४७, मृत्यु ९७ र कुल संक्रमित ८ हजार ४२७ छन् ।
त्यसैगरी, ललितपुरमा सक्रिय संक्रमित ९२७, संक्रमणमुक्त १३ हजार २५८, मृत्यु १३२ कुल संक्रमित १४ हजार ३१७ छन् ।
पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३४ हजार २३१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार २४२ जनाको पिसिआर परीक्षण भएको छ । यससँगै नेपालमा हालसम्म १८ लाख २५ हजार ८६० जनाको पिसीआर परीक्षण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको छ भने ५ सय १९ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ ।
नेपालमा हालसम्म मृत्यु हुनेहरूको कुल संख्या १६८९ पुगेको मन्त्रालयले जनाएको छ ।
