पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौं, २६ मंसिर : पछिल्लो २४ घण्टामा थप १०४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४१४ जनामा गरिएको परीक्षणमा १०४४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १२७१ रहेको छ । हालसम्म निको हुनेको संख्या २ लाख ३२ हजार ८७२ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ७१ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४१४ जना पिसिआर परीक्षण भएको छ । योसँगै नेपालमा १८ लाख २० हजार ६१८ जनाको पिसीआर परीक्षण गरिएको छ ।

बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेहरूको कुल संख्या १६७४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.