नेपाल नम्बर एक रत्नजीत तामाङलाई हराउँदै प्रिन्स दाहाल फाइनलमा

काठमाडौं, २६ मंसिर : नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल तेस्रो चौतारा साँगाचोकगढी मेयरकप तथा प्रथम तोप-२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रियतर्फ फाइनलमा प्रवेश गरेका छन् ।

पुरुष एकलतर्फको सेमिफाइनलमा नेपाल नम्बर एक रत्नजीत तामाङलाई पराजित गर्दै प्रिन्स फाइनलमा पुगेका हुन् । बिहीबार भएको खेलमा रत्नजीतविरुद्ध प्रिन्सले करियरकै पहिलो जित निकाल्दै फाइनल यात्रा तय गरे ।

जिल्ला सदरमुकामको कभर्डहलमा भएको खेलमा प्रिन्सले सोझो सेटमानै नतिजा आफ्नो फक्षमा पार्न सफल भए । उनले २१-१९ र २१-१६ ले खेल आफ्नो पक्षमा पारे । सिनियरतर्फ प्रिन्स ९ औँ वरीयतामा छन् ।

उपाधिका लागि प्रिन्सले आर्मीका नवीन श्रेष्ठसँग शुक्रबार प्रतिष्पर्धा गर्नेछन् । बिहिबारनै भएको दोस्रो सेमिफाइनलमा नविनले आर्मीकै रुकेश महर्जनलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गरेका थिए ।

राष्ट्रिय पुरुष एकलतर्फको विजेताले नगद १ लाख ११ हजार १११ प्राप्त गर्दा उपबिजेताले नगद ५५ हजार ५५५ प्राप्त गर्नेछन् ।

त्यस्तै सेमिफाइनलिस्ट दुई जनाले जनही १० हजार प्राप्त गर्नेछन् । युगलतर्फ बिजेता जोडीले ४० हजार, उपबिजेता जोडीले ३० हजार र सेमिफाइनलिस्ट दुई जोडीले ५–५ हजार प्राप्त गर्नेछन् ।

यस्तै सिंगल जिल्ला विजेताले ३० हजार प्राप्त गर्दा उपविजेताले २० हजार प्राप्त गर्नेछ । यस्तै सेमिफाइनल पुग्न सफल दुई खेलाडीले जनही ५ हजार प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.