फिफा वरीयतामा नेपाल १७१ औँ स्थानमा यथावत

काठमाडौं, २५ मंसिर : नेपाल विश्‍व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा यथास्थानमा रहन सफल भएको छ ।

फिफाले आज सार्वजनिक गरेको यस महिनाको वरियतामा नेपाल १७१ औं स्थानमा यथावत छ ।

नेपालले पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन । दक्षिण एसियाली देशमा नेपाल भन्दा अगाडि भारत १०४ औं तथा माल्दिभ्स १५५ औं स्थानमा छन् ।

नेपाल भन्दा तल बंगलादेश १८६, भुटान १८९, पाकिस्तान २०० र श्रीलंका २०६ स्थानमा छन् ।

फिफाको विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा कायमै छ । यस्तै गरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल, स्पेन, अर्जेन्टिना, उरुग्वे, मेक्सिको र इटाली क्रमशः पाँचौदेखि दशौं स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.