युभेन्ट्सले बार्सिलोनालाई हरायाे, रोनाल्डोले गरे दुई गोल

काठमाडौं, २४ मंसिर :  क्रिस्टियानो रोनाल्डो चम्किएको खेलमा युभेन्ट्सले बार्सिलोनालाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

मंगलबार राति च्याम्पियन्स लिगको समूह जीको अन्तिम खेलमा युभेन्ट्सले बार्सिलोनालाई हराएको हो ।

सन् २०१८ मा रोनाल्डोले रियल मड्रिड छाडेपछि पहिलो पटक मेस्सी नेतृत्वको बार्सिलोनाविरुद्ध उत्रिएका थिए ।

मेस्सी र रोनाल्डोको भिडन्तको रुमपा हेरिएको खेलमा युभेन्ट्सका स्टारले स्पेनमा पुन आफ्नो जादु देखाएका छन् ।

रोनाल्डोको पेनाल्टी गोल मार्फत पाहुना टोली युभेन्ट्सले खेलमा अग्रता लिएको थियो ।

वेस्टन म्यानकेनीले त्यसको ७ मिनेटपछि युभेन्ट्सको अग्रता दोब्बर बनाउने काम गरे । रोनाल्डोले ५२ औं मिनेटमा पेनाल्टीमा दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० को जित दिलाएका थिए ।

रोनाल्डोले च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरेका छन् ।

सन् २०१६ पछि समूह चरणमा बार्सिलोनाले पहिलो पटक हारेको हो ।

समूह जीमा युभेन्ट्स र बार्सिलोनाले समान १५ अंक बटुले । जितले युभेन्ट्सलाई समूहको शीर्ष स्थानमा राख्दै नकआउट चरण पुर्याएको छ । बार्सिलोना समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्यो ।

सोही समूहको अर्को खेलमा डायनामो किभले फेरेन्कोव्रोसी टीसीलाई १–० गोल अन्तरले पराजित गर्यो ।

खेलपछि रोनाल्डोले सर्वकालिन महान दुई खेलाडीबीच कुनै प्रकारको प्रतिद्धन्दीता नरहेको बताए ।

‘मैले सधै उनीसंग धेरै सौहार्दपूर्ण सम्बन्ध बनाए ।’ युभेन्ट्सका स्टारले भने । ‘मैले करिब १२, १३ वा १४ वर्ष अवार्ड समारोह उनीसंग बाँडेको छु । मैले कहिल्यै प्रतिद्धन्दीको रुपमा उनलाई हेरिन ।’ उनले थपे ।

‘उनी सधै आफ्नो टिमलाई राम्रो गर्न कोशिश गर्छन् । म त्यही गर्छु । मैले सधै उनलाई राम्रो तरिकाले पाएको छु ।’ रोनाल्डोले भने । ‘तर हामी जान्दछौ, फुटबलमा, मिडियामा, देखाउनका लागि, एक प्रतिद्धन्दीको माग हुने गर्छ । तर मैले सधै उनीसंग राम्रो व्यवहार गरेको छु । तर सधै उनलाई त्यसरीनै देख्छु ।’ उनले थपे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.