उपत्यकामा ५०७ सहित थप १०५६ जनामा संक्रमण पुष्टि, थप १४ को मृत्यु

काठमाडौं, २४ मंसिर : पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा ३८६ महिला र ६७० पुरुषसहित १०५६ जनामा संक्रमण पुष्टि भएको छ । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन् । जसमा भक्तपुरमा ३९, ललितपुरमा ७५ र काठमाडौंमा ३९३ जना छन् ।

पछिल्लो २४ घण्टामा १४८३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३० हजार ५३७ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १२२४५ रहेको छ ।

यस्तै हालसम्म देशभर कोरोना निको हुने दर ९४.३ प्रतिशत रहेको छ भने अब सक्रिय संक्रमित ५.०१ प्रतिशत मात्रै रहेका छन् । यस्तै ०.८६ प्रतिशतको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २८ जनाको पिसिआर परीक्षण भएको छ । नेपालमा हालसम्म १८ लाख पाँच हजार ९७२ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्‍वारेन्टाइनमा ५२५ जना रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १४  जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

योसँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १६५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.