प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक

काठमाडौं, २३ मंसिर : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहनेछ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बैठकमा राष्ट्रिय राजनीतिका समसामयिक विविध विषयमा छलफल हुनेछ ।

राजावादीहरुले सडकमा गरिरहेको प्रदर्शन बढ्दै गएको तथा नेकपामा पनि किचलो चुलिएको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीले राष्ट्रिय सरोकारका विषयमा यसअघि पनि पटकपटक सर्वपक्षीय र सर्वदलीय छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.