दार्चुलामा ट्रक दुर्घटना, तीनजनाको मृत्यु

बैतडी, २२ मंसिर : दार्चुलाको मालिकार्जुन गाउपालिका–१ भर्तोलामा ट्रक दुर्घटनामा परी तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्रक चालक बैतडीको दोगडाकेदार गाउँपालिका–५ न्वालीका २४ वर्षीय शेरसिंह कार्की रहेका छन् । मृतक दुईजनाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख पदमबहादुर विष्टले जानकारी दिए ।

गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ गइरहेको  ना ३ ख ३४८५ नम्बरको  ट्रक आइतबार राति १० बजे दुर्घटना भएको हो । ट्रक सडकबाट झण्डै १२० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.