उपत्यकामा ४८४ सहित थप १०९६ जनामा संक्रमण पुष्टि, १७ को मृत्यु

काठमाडौं, २१ मंसिर : पछिल्लो २४ घण्टामा थप १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४९५ परीक्षणमा १०९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४० हजार ९८१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४८४ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५१, कास्कीमा ८७, ललितपुरमा ७४, भक्तपुरमा ५९, मोरङमा ५६, झापामा ३८, रुपन्देहीमा ३५, अछाममा ३४, बाँकेमा २९, दाङमा २५, चितवनमा २३, बर्दियामा २१ र सुनसरीमा २० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै सिन्धुली र नवलपरासी पूर्वमा १९/१९, काभ्रेमा १४, तनहुँ र पाल्पामा १३/१३, गोरखामा १२, इलाम र बाग्लुङमा ११/११, बाग्लुङ र लमजुङमा १०/१०, धनुषा, सिन्धुपाल्चोक र स्याङ्जामा ७/७, धादिङ र बैतडीमा ६/६, सप्तरी, सिराहा, म्याग्दी र कैलालीमा ५/५ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार मकवानपुर र गुल्मीमा ४/४, सर्लाही, महोत्तरी, धनकुटा, रामेछाप, रोल्पा र डोटीमा ३/३, ताप्लेजुङ, सोलुखुम्बु, पर्सा, भोजपुर, रौतहट, बारा, नुवाकोट, मुस्ताङ, अर्घाखाँची, रुकुम पूर्व, नवलपरासी पश्चिममा २/२ र तेह्रथुम, उदयपुर, रसुवा, ओखलढुंगा, पर्वत, कपिलवस्तु, रुकुम पश्चिम, सल्यान, डडेल्धुरा, कञ्चनपुर र दार्चुलामा १/१ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७५२ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ लाख २५ हजार ८०५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ५८२ जना रहेका छन् भने निको हुने दर ९३.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ४९५ जनाको पीसीआर भएको छ भने कुल परीक्षण संख्या १७ लाख ८४ हजार ५१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या  १५ सय ९४ पुगेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.