दुई श्रीमती हुँदाहुँदै तेस्रो बिहे गरेको आरोपमा वडाध्यक्ष प्रक्राउ

सल्यान, १९ मंसिर : बहुविवाह गरेको आरोपमा सल्यानका एक वडाध्यक्ष प्रक्राउ परेका छन् ।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष इन्द्र बहादुर कुमाईलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडाध्यक्षसँगै तेस्रो बिहे गरेकी उनकी श्रीमती भनिएकी ग्वाँमी विष्टलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

घरमा २ श्रीमती र दुवै श्रीमतीका गरी ४ छोराछोरी हुँदाहुँदै तेस्रो बिहे गरेका भनी स्थानीय ५ जनाले सल्यान प्रहरीमा बहुविवाह कसुरमा उजुरी दिएका थिए । ती वडाध्यक्ष कुमाईले भाइटीकाका दिन उनै विष्टलाई भगाएका थिए ।

उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत सल्यानबाट प्रक्राउ पुर्जी लिई आरोपित दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी  प्रहरी निरीक्षक लक्ष्मण ओलीले  बताए ।

प्रक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासतमा राखी थप अनुसन्धान भइरहेको ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.