थप १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, १६ संक्रमितको मृत्यु

काठमाडौं, १९ मंसिर : बितेको २४ घण्टामा देशभर १२७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४०, ललितपुरमा १२५, कास्कीमा ७९, मोरङमा ६१, भक्तपुरमा ४१, अछाममा ४०, रुपन्देही र सुनसरीमा ३६/३६, झापा र बाँकेमा ३०/३०, चितवनमा २९, नवलपरासी पूर्वमा २८, कैलालीमा २४, दाङ र गुल्मीमा २१/२१ जना संक्रमित भेटिएका छन् ।
त्यस्तै काभ्रेपलाञ्चोक र पाल्पामा १९/१९, धनुषामा १३, मकवानपुरमा १२, स्याङ्जा र डडेल्धुरामा ११/११, दोलखामा १०, म्याग्दी, नवलपरासी पश्चिम, सिराहा र दार्चुलामा ९/९, इलाममा ८, गोरखा, बर्दिया, सिन्धुपाल्चोक र कञ्चनपुरमा ७/७ जना संक्रमित भेटिएका छन् ।
प्युठान, धादिङ, बारा र अर्घाखाँचीमा ५/५, सर्लाहीमा ४, बाग्लुङ, डोटी, संखुवासभा, तनहुँ र उदयपुरमा ३/३, दैलेख, लमजुङ, नुवाकोट, सप्तरी, बैतडी, धनकुटा र रामेछापमा २/२, ताप्लेजुङ, तेह्रथुम, रौतहट, रोल्पा, कपिलवस्तु, पर्वत, महोत्तरी, सिन्धुली, पर्सा, खोटाङ र ओखलढुंगामा १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टाको अवधीमा १ हजार ५७५ कोरोना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म २ लाख २१ हजार ८४७ कोरोना संक्रमित निको भइसकेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १६ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६७ पुगेको छ ।
