च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री स्टेफनी

काठमाडौं, १८ मंसिर : फ्रेन्च रेफ्री स्टेफनी फ्रापार्टले बुधबार यूईएफए च्याम्पियन्स लिगको खेलमा रेफ्रीको भूमिका निभाउँदै नयाँ इतिहास रचेकी छिन् । पुरुष खेलाडीहरुको यस प्रतियोगितामा रेफ्रीको भूमिका निभाउने उनी पहिलो महिला रेफ्री हुन् ।

३६ वर्षीया रेफ्रीले समूह जी अन्तरगत युभेन्टस र डाइनामो किएभविरुद्धको खेलको नेतृत्व गरेकी थिइन् । खेलमा युभेन्टसले ३–० को जीत हासिल गरेको थियो ।

स्टेफनीले शीर्ष तहको पुरुष खेलको नेतृत्व लिएको यो पहिलो पटक भने होइन । यसअघि उनले लिभरपुल र चल्सीबीच सन् २०१९ को सेप्टेम्बरमा भएको यूईएफए सुपरकपको खेल पनि खेलाएकी थिइन् ।

त्यसको एक महिनाअघि उनले अमेरिका र नेदरल्याण्डबीच महिला विश्वकप फुटबलको फाइनल खेल अफिसिएट गरेकी थिइन् ।

गत वर्षको अप्रिलमा उनले फ्रेन्च लिग वानको खेल पनि खेलाएकी थिइन् भने अक्टोबरमा लेस्टर सिटी र जोर्या लुहान्सकबीचको खेलमा रेफ्री बनेकी थिइन् ।

स्टेफनीले सन् २०१९ बाट फ्रेन्च लिग वानमा रेफ्रीको भूमिका निर्वाह गर्दै आईरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.