पछिल्लो २४ घण्टामा थप १४९० जनामा संक्रमण पुष्टि, थप ९ को मृत्यु

काठमाडौं, १७ मंसिर : पछिल्लो २४ घण्टामा देशभर १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३०० जनाको कोरोना परीक्षण हुँदा महिला ५६५ र पुरुष ९२५ जनासहित थप १४९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।  यससँगै हालसम्म नेपालमा कुल २ लाख ३६ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १५६७ जना निको भएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख १८ हजार १ सय १६१ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ९२.३ प्रतिशत रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ पुगेको छ । १६ हजार ५४७ आइसोलेसनमा बसेका छन् भने ६०५ जना क्वारिन्टिनमा छन् ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा ९ कोरोना संक्रमितको मृत्यु भएको हो ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५३८ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.