उपत्यकामा ८०९ सहित थप १४७४ जनामा कोरोना भाइरस संक्रमण, २९ जनाको मृत्यु

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९९११ जनामा गरिएको परीक्षणमा १४७४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महिला ३६१ र पुरुष ४४८ गरी ८०९ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै काठमाडौंमा संक्रमितको संख्या ८७ हजार ८९३ पुगेको छ भने भक्तपुरमा ७९५९ र ललितपुरमा १३७७४ संक्रमित पुगेका छन् । त्यसमध्ये हाल काठमाडौंम ७२७०, भक्तपुरमा ६४१ र ललितपुरमा १४५२ सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९३१ रहेको छ । योसँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । हाल कोरोना निको हुने दर ९१.९ प्रतिशत रहेको छ ।
मन्त्रालयका अनुसार १७ हजार ४२३ जना आइसोलेसनमा रहेका छन् । ५३५ क्वारिन्टिनमा बसेका तथ्यांकमा उल्लेख छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ९११ जनाको परीक्षण भएसँगै कुल परीक्षण संख्या १७ लाख ३७ हजार ७४७ पुगेको छ ।
नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप २९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा २९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ ।
