प्रिमियर लिगमा युनाइटेड विजयी, आर्सनल पराजित

काठमाडौं, १५ मंसिर :  इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ भने आर्सनल पराजित भएको छ।

लिगमा खराब प्रदर्शन गरिरहेको आर्सनल उलभरह्याम्पटनसँग २–१ ले पराजित भएको हो । पछिल्ला पाँच खेलमा आर्सनलको यो तेस्रो हार हो। यो बीच आर्सनलले एकमा मात्रै जित निकालेको छ । प्रतियोगितामा खेलेका १० खेलमा उसले चारमा मात्रै जित निकालेको छ ।  १० खेलबाट १३ अंक जोडेको आर्सनल अंक तालिकाका १४ औं स्थानमा रहेको छ भने, उलभरह्याम्पटन समान खेलबाट १७ अंक जोड्दै छैठौं स्थानमा रहेको छ ।

आइतबार राति नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइडेटले साउथएम्पटनलाई ३–२ ले पराजित गरेको छ । इडिनसन काभानीले अतिरिक्त समयमा गरेको गोलमा युनाइटेड महत्वपूर्ण जित निकाल्न सफल भयो ।

पहिलो हाफमै दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै युनाइटेडले सानदार जित निकालेको हो । ​ साउथएम्पटनका लागि २३ औं मिनेटमा जन बेडनारेकले र ३३ औं मिनेटमा जेम्स वार्ड प्रोजले गोल गरेका थिए । पहिलो हाफमा २–० ले पछि परेपछि दोस्रो हाफमा आक्रामक बनेको युनाइटेडका लागि ६० औं मिनेटमा ब्रुनो फर्नान्डेस र इडिनसन काभानीले ७४ औं र ९२ औं मिनेटमा गोल गरे ।

जितसँगै युनाइटेड आठौं स्थानमा उक्लिएको छ भने साउथएम्पटन पाँचौं स्थानमा रहेको छ।

प्रतियोगितामा चेल्सी र टोटनहम हट्सपरले भने गोलरहित बराबरी खेले ।

आइतबार राति भएको खेलमा चेल्सी र टोटेनहमले गोलरहित बराबरी खेलेको हो । चेल्सीको मैदानमा भएको खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिएको हो ।

खेलमा घरेलु टिम चेल्सीले बल पोजिसनमा पकड जमाएको थियो । तर, गोल गर्न सकेनन् । खेलको १० औं मिनेटमा टिमो वेर्नेरले गोल गरेका थिए । तर, उनी अफसाइड रहेपछि चेल्सीले अग्रता बनाउने मौका गुमाएको थियो ।

टोटेनहमले पनि केहि गोलको अवसर सदुपयोग गर्न सकेन । यस बराबरीसँगै टोटेनहम भने लिगको शीर्ष स्थानमा उक्लिएको छ । टोटेनहमले १० खेलमा २१ अंक जोडेको छ ।

शीर्ष स्थानमा उक्लने मौका पुगाएको चेल्सी भने तेस्रो स्थानमा रहेको छ । चेल्सीले १० खेलमा १९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.