थप १२५५ जनामा संक्रमण पुष्टि, २५ संक्रममितको मृत्यु

काठमाडौं, १४ मंसिर : पछिल्लो २४ घण्टामा थप १२५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २ सय ५५ नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १२५५ जना कोरोना संक्रमित थपिएका छन् । हाल देशभरमा १७ हजार ९०९ जना सक्रिय संक्रमितहरू छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५४८ जना कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनालाई कोरोना संक्रमण देखिएको हो । योसँगै उपत्यकामा संक्रमितको संख्या एक लाख ७ हजार ५९६ पुगेको छ ।

त्यस्तै, देशभर १४०४ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कुल २ लाख ११ हजार १८६ जना कोरोनामुक्त भएका छन् ।  निकाे हुनेकाे दर ९१ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार ८ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १७ लाख २७ हजार ८३६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप २५ संक्रममितको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

यससँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेहरूको कुल संख्या १४७९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.