उपत्यकामा ९४७ सहित थप १७९० जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं, ९ मंसिर : पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये महिला ७२१ र पुरुष १०६९ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

उपत्यकामा मंगलबार थप ९ सय ४७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ६ सय ९२, भक्तपुरमा ६५ र ललितपुरमा १ सय ९० जनामा कोरोना संक्रमित थपिएका छन् । महिला ४ सय १० र पुरुष ५ सय ३७ छन् ।

काठमाडौं जिल्लामा ७ हजार ७ सय ४४ सक्रिय संक्रमित छन् । ३ सय ३१ संक्रमितको मृत्यु, ७६ हजार ४ सय ४२ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८४ हजार ५ सय १७ छन् ।

भक्तपुरमा सक्रिय संक्रमित ६ सय ८ छन् । ६ हजार ८ सय ९३  कोरोना संक्रमणबाट मुक्त भएका, ८७ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ५ सय ८८ छन् ।

त्यसैगरी, ललितपुरमा १ हजार ५ सय ८९ सक्रिय संक्रमित छन् । १० हजार ८ सय ९७ कोरोना संक्रमणबाट मुक्त, ९१  संक्रमितको मृत्यु र कुल संक्रमित १२ हजार ५ सय ७७ छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २४९, प्रदेश २ मा ३७, बागमती प्रदेशमा १०७८, गण्डकी प्रदेशमा १४८, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना रहेका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ ।
यससँगै अब देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् भने निको हुने दर ९१ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.