स्याङ्जामा ब्यवसायिक तरकारी खेती तालिम शुरु
स्याङ्जा, ८ मंसिर : पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीको आर्थिक सहयोग र सूर्योदय क्लव स्याङ्जाको ब्यवस्थापनमा संचालित कोभिड १९ उद्दार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरगत ब्यवसायिक तरकारी खेती तालिम शुरु भएको छ ।
पुतलीबजार नगरपालिकाका १४ वटा वडाबाट ५० जना कृषकहरुको छनौट पुतलीबजार नगरपालिकाले गरेको थियो । छनौट भएका कृषकहरुलाइ २ समुहमा विभाजन गरि ३ दिने ब्यवसायिक तरकारी खेती तालिम संचालन भएको छ । छनौट भएका कृषकहरुलाइ ८५ प्रतिशत अनुदानमा प्लास्टिक घर विउ विजन नियमित परामर्श तथा प्राविधिक सहयोग दिइ ब्यवसायिक कृषकका रुपमा विकास गरिने योजना रहेको छ ।
पुतलीबजार नगरपालिकाले कोभिड १९ कोरोना भाइरसबाट प्रभावित परिवारहरु र विदेशबाट फर्केर आएका युवाहरु लक्षित कार्यक्रम रहेको कृषि उत्पादनमा आत्मनिर्भर बनाउने नगरपालिकाको योजना रहेको नगरप्रमुख सिमा कुमारी क्षेत्रीले बताउनु भयो ।
नियमित परामर्श कृषिमा प्रविधिको प्रयोग बजार ब्यवस्थापनका माध्यमबाट ब्यवसायिक कृषक सृजना गर्ने र पुतलीबजारलाइ तरकारीमा आत्मनिर्भर बनाउने योजना रहेको क्लवका अध्यक्ष अनन्तकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
कृषि विज्ञहरुले सहजीकरण गर्ने २०७७ मंसिर ७ देखि ९ सम्म ३ दिनको यस तालिममा तरकारी खेति रोग किरा मलखाद ब्यवस्थापन बजार ब्यवस्थापनका विविध विषयमा छलफल र प्रयोगात्मक अभ्यास गरिने पुतलीबजार नगरपालिका की कृषि बिकास अधिकृत मनिषा लामिछाने ले जानकारी दिनु भयो ।
