उपत्यकामा १००७ सहित १९८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं, ८ मंसिर : पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ल्याबहरूमा गरिएको पिसिआर परीक्षणमा थप १९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक जानकारीअनुसार आज देशभर तीन हजार ४३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।

उपत्यकामा सोमबार थप १ हजार ७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ७ सय ७९, भक्तपुरमा ८५ र ललितपुरमा १ सय ४३ जनामा कोरोना संक्रमित थपिएका छन् । महिला ४ सय ५४ र पुरुष ५ सय ५३ छन् ।

काठमाडौं जिल्लामा ८ हजार ६ सय ६७ सक्रिय संक्रमित छन् । ३ सय २६ संक्रमितको मृत्यु, ७४ हजार ८ सय ३२ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ८३ हजार ८  सय २५ छन् ।

भक्तपुरमा सक्रिय संक्रमित ६ सय २८ छन्।  ६ हजार ८ सय १० कोरोना संक्रमणबाट मुक्त भएका, ८५ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ५ सय २३ छन् ।

त्यसैगरी, ललितपुरमा १ हजार ४ सय ९८ सक्रिय संक्रमित छन् । १० हजार ७ सय ९९ कोरोना संक्रमणबाट मुक्त, ९० संक्रमितको मृत्यु र कुल संक्रमित १२ हजार ३ सय ८७ छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा जम्मा १० हजार ३८१ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ७० हजार ४५६ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । दशैँअघिसम्म ४५ हजारको हाराहारीमा रहेका सक्रिय संक्रमित पछिल्लो समय भने निरन्तर घट्दो क्रममा रहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर सक्रिय संक्रमित १८ हजार ८८४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित कुल संक्रमितको ९.५ प्रतिशत मात्रै हुन् ।

त्यसैगरी, विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा उपचाररत  थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसबाट मुत्यु भएको शवलाई शववाहनबाट निकाल्दै नेपाली सेना । कोरोना भाइरसबाट मुत्यु भएका शवको व्यवस्थपन नेपाली सेनाले गर्दा आएको छ । तस्बिर: रोशन सापकोटा

यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ३७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.