उपत्यकामा ८९९ सहित थप १६७४ जनामा कोरोना संक्रमण, २३२३ जना संक्रमणमुक्त

काठमाडौं, ६ मंसिर : पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा ६६१ महिला र १०१३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ८९९ जना संक्रमित थपिएका छन् । संक्रमितमा ३८७ महिला र ५१२ पुरुष रहेका छन् । यससँगै काठमाडौंमा १० हजार १०१, भक्तपुरमा ७९६ र ललितपुरमा २ हजार ११४ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर २३ सय २३ जना संक्रमित कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ९३ हजार ३२५ छ ।

मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा ८ हजार १४४ नमुना परीक्षण भएको छ । यससँगै हालसम्म देशभर १६ लाख ५२ हजार ४३ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ ।

हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १७ हजार २०६ जना होम आइसोलेसनमा छन् भने ३३६ जनाको आईसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै मनाङ र मुगुमा १ जना पनि संक्रमित रहेका छैनन् ।

यस्तै काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्‍न आइसोलेसन र कोभिड अस्पतालहरूमा गरी  थप सातजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३ सय ५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.