उपत्यकामा १२२९ सहित थप २१०३ जनामा संक्रमण पुष्टि, २८५८ जना संक्रमणमुक्त

काठमाडौं, ४ मंसिर : पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नौ हजार ८०५ नमुना परीक्षण गर्दा दुई हजार १०३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै बितेको २४ घण्टामा ८६४ महिला र १ हजार २३९ पुरुषसहित थप २ हजार १०३ जना संक्रमित थपिएका छन् ।
यससँगै कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप १२२९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ५१३ जना महिला र ७१६ जना पुरुष रहेका छन् ।
मन्त्रालयको अध्यावधिक विवरण अनुसार बिहीबारसम्म सक्रिय संक्रमितको संख्या २८ हजार १०६ जना रहेको छ ।
हालसम्म कुल संक्रमितको संख्या २ लाख १५ हजार २० जना र निको हुनेको संख्या १ लाख ८५ लाख ६३८ जना रहेको छ । यस्तै हालसम्म क्वारेन्टिनमा ७६७ जना रहेका छन् ।
यस्तै हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको कोरोना परीक्षण भएको छ भने बितेको २४ घण्टामा मात्रै ९ हजार ८०५ जनाको परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा दुई हजार ८५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६३८ जना पुगेको छ । नेपालमा कोरोना संक्रमण निको हुने दर ८६.३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।
कोरोना संक्रमणबाट १७ जनाको मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १७ जनाको ज्यान गएको छ ।
योसँगै मृत्यु हुनेको संख्या एक हजार २ सय ७६ पुगेको छ ।
