राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी

काठमाडौँ, ३ मङ्सिर : राष्ट्रपति विद्यादेवी भण्डारीले आज औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।

संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो ।

विश्व बजारमा खोप उपलब्ध हुने सम्भावनालाई मध्यनजर गरी नेपालमा तयारी गर्न आवश्यक समय समेतका लागि अहिले नै अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.