उपत्यकाका १०३८ सहित थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि, ३५३८ जना संक्रमणमुक्त

काठमाडौं, ३ मंसिर : पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पिसिआर परीक्षण गर्दा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।सो संख्याका संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।
बितेको २४ घण्टामा काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् ।
बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।
२४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा १२ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ ।
