बाँकेमा ४ करोड रुपैयाँको कपास ६ वर्षदेखि गोदाममै

बाँके, २ मंसिर : जिल्लाको खजुरा कपास विकास समितिमा २०३ मेट्रिक टन प्रशोधित कपास बिक्री नहुँदा ६ वर्षदेखि गोदाममा थन्किएको छ ।

समितिले कृषकबाट खरिद गरी प्रसोधन गरेर बिक्रीका लागि तयारी अवस्थामा राखेको करिब चार करोड रुपैयाँ मूल्यबराबरको कपास बिक्री नभएपछि गोदाममै थन्किएको हो ।

पहिले हेटौंडा कपडा उद्योग र बुटवल धागो कारखानाले कपास खरिद गर्दै आएकामा ती दुवै उद्योग बन्द भएपछि उत्पादित कपास खेर जाने अवस्था रहेको समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताए ।

सरकारी उदासीनताका कारण पश्चिम तराईका कृषकलाई कपास खेतीमा आत्मनिर्भर बनाई मुलुकमा आवश्यक पर्ने कपासको परिपूर्ति गर्ने उद्देश्यले स्थापना भएको सो समिति अहिले धरासायी बनेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.