बंगलादेशसँग नेपालको बराबरी

काठमाडौं, २ मंसिर : बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल घरेलु टोलीसँग गोलरहित बराबरीमा रोकिएको हो ।

योसँगै मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजको उपाधि बंगलादेशले जितेको छ । यसअघि सिरिजको पहिलो खेलको जितेको घरेलु टोलीले मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको उपाधि पनि जितेको हो ।

बंगलादेशविरुद्ध निकै आक्रामक खेल खेले पनि नेपालले गोल गर्न सकेन् ।

खेल अवधि भर नेपालका अग्रपंक्तिका खेलाडी डरलाग्दो आक्रमण बनाउनबाट चुकेका थिए ।

तर, खेलको इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

रजिन धिमालको क्रसमा नवयुगको उत्कृष्ट हेडर पोस्टमा लागेर फर्कदा नेपाल जित निकाल्नबाट बन्चित भयो ।

यस्तै बंगलादेशविरुद्ध नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले डेब्यु गरे ।

रक्षात्मक खेल्दै काउन्टर अट्याकमा जोड दिएको बंगलादेशले पनि उत्कृष्ट आक्रमण गर्न सकेन ।

यस बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ ।

बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो ।

शुक्रबार भएको पहिलो मैत्रीपूर्णमा बंगलादेशले नेपाललाई २-० ले हराएको थियो ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।

खेलमा पहिलोपटक सिनियर टोलीमा परेका डिफेन्डर छिरिङले पहिलो रोजाइमा पर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । नेपालका लागि विभिन्‍न उमेर समूहमा खेलिसकेका उनी घरेलु लिग च्यासल युवा क्लबबाट खेल्दै आएका छन् ।

त्यस्तै पूजन उपरकोटी र सेसेहाङ आङडेम्बेले राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । पूजन दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै डेब्यु गरेका थिए । त्यस्तै सेसेहाङले ७२औं मिनेटमा डेब्यु गरे । उनले विकास खवासको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.