उपत्यकामा ३३९ सहित ५०२ जनामा कोरोनाको संक्रमण पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं, २ मंसिर : पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५०२ जना संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३९ जना संक्रमित थपिएका छन् । संक्रमितमा १४६ महिला र १९३ पुरुष रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना कोरोनामुक्त भएका छन् । यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । हालसम्म कोरोना निको हुने दर ८४.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

थप १७ जनाको कोरोनाका कारण मृत्यु पुष्टि भएको छ ।

यससँगै १ हजार २४७ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.