दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेश र नेपाल भिड्दै

काठमाडौं, २ मंसिर : नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज मंगलबार दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्णको सुखद अन्त्य गर्न चाहन्छ ।

शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

नेपाल त्यस हारको बदला समेत लिन चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती-११ रहदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए ।

धिमाल कोरोना मुक्त भईसकेका छन् ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ को ट्रफी घरमै राख्न चाहन्छ ।

नेपालविरुद्धको दोस्रो खेलमा मुख्य प्रशिक्षक जेमी डे उपस्थित हुने छैनन् ।

कोरोना देखिएपछि उनी सेल्फ आईसोलेसनमा रहेका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

दशरथ रंगशाला तयार नभएको कारण नेपालले कुवेतविरुद्धको होम गेम भुटानमा खेलेको थियो ।

छनोट अन्तर्गत नेपाल पहिलो लेगको खेलमा कुवेतसंग ७–० र दोस्रो लेगमा १–० ले पराजित भएको थियो । यस्तै, अष्ट्रेलियासँग ५–० र जोर्डनसंग ३–० ले पराजित भएको थियो ।

अवे खेल अन्तर्गत नेपालले चाईनिज ताईपेलाई २–० ले हराएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

नेपाल र बंगलादेशबीचको खेल कसरी हेर्ने लाईभ ?

नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण (लाईभ) हुनेछ ।

नेपाल र बंगलादेशबीचको खेल टी स्पोर्ट्सको युट्युब च्यानलबाट हेर्न सकिने छ ।

युट्युबबाट हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.