सातौं पटक बिहारको मुख्यमन्त्री बने नितिश कुमार

काठमाडौं, १ मंसिर : नितिशकुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् ।

जनता दल युनाइटेडका प्रमुख नीतीशकुमारले बिहारको मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका छन् । सोमबार राजभवनमा सातौ पटक मुख्यमन्त्रीको सपथ लिएका हुन् ।  राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)को आइतबार बसेको बैठकले नीतीशकुमारलाई नै विधायक दलको नेताको रुपमा चयन गरेसँगै उनी  सातौंपटक विहारको मुख्यमन्त्रीको बन्ने बाटो खुला भएको थियो ।

नीतीशका साथ विधायक तारकिशोर प्रसादले मन्त्रीको सपथ लिएका छन् । यस्तै रेणु् देवीले पनि मन्त्रीको सपथ लिएकी छन् । हालसम्म कसको बरियता के हुने भन्नेबारे केही नबताइएपनि उनीहरु दुबै उप मुख्यमन्त्रीको भूमिकामा रहन सक्ने बताइएको छ । दुबै मन्त्री नीतीशकुमार निकट मानिन्छन् ।

यसैबीच सपथग्रहण समारोहमा राष्ट्रिय जनता दल (राजद) का नेता तेजस्वी यादव लगायत विपक्षी महागठबन्धनका नेताहरुले भने सपथ ग्रहण बहिस्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.