नेवा देय् दबु स्याङजाको नेपाल सम्बत ११४१ को शुभकामना कार्यक्रम सम्पन्न

मिरा मल्ल । स्याङ्जा, ३० कात्तिक : नेवा देय् दबु स्याङजाको आयोजनामा नेपाल सम्बत ११४१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेवादय दबुका अध्यक्ष गोबरधन श्रेष्ठको अध्यक्षता र केन्द्रीय सदस्य देवेन्द्रकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा नेवा मिस पुच कि प्रदेश सदस्य मखमली श्रेष्ठ, सल्लाहकार अनन्त कुमार श्रेष्ठ, सदस्य शान्ति मान श्रेष्ठले बोल्नु भएको थियो ।

नेपाल सम्बतलाई राष्ट्रिय एकताकेन्द्र रुपमा सरकारी कामकाजको सम्बत बनाउन नेपाल सरकारसंग जोडदार माग गरिएको थियो । कार्यक्रमको सञ्चालन सचिव बिष्णु श्रेष्ठले गर्नु भएको थियो ।

शंखधर साखःले आफ्नाे निम्ति नभई मुलुकका निम्ति बनाएकाे सम्वतलाई चलनचल्तीमा नल्याई विदेशी सम्बत चलनचल्तीमा चलाईरहनु दासताकाे निरन्तरता भएकाे, यसलाई यथासिघ्र हटाई सरकारी चलनचल्तीमा ल्याउन नेपाल सरकार लाग्नुपर्ने सल्लाहकार अनन्तकुमार श्रेष्ठले बताउनु भयाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.