प्रदेश २ सरकारले ‘प्रदेश परिवहन’ बस सञ्चालन गर्ने

जनकपुरधाम, २९ कात्तिक : प्रदेश २ सरकारले वीरगञ्ज र राजविराजलाई अस्थायी राजधानी जनकपुरसँग जोड्न सरकारी बस सञ्चालन गर्ने भएको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले ५ वटा बस खरिद गरिसकेको छ । । बसको नाम ‘प्रदेश परिवहन’ राखिएको छ ।

आर्थिक बर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा प्रदेश सरकारले आफ्नै बस संचालन गर्ने जनाएको थियो । त्यसअनुसार जनकपुरधामबाट पूर्वी शहर राजविराज र पश्चिमी शहर वीरगञ्जमा बस सञ्चालन र्न लागिएको भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले बताए ।

उनका अनुसार बस सञ्चालनसम्बनधी कार्यविधी तयार भइसकेको छ रु चाँडै बस सेवा सुरु हुनेछ ।

कार्यविधीमा सर्वसाधारणसँग लिइने भाडा दर, चालकसहितका कर्मचारी नियुक्त गर्ने प्रकृया, बस संचालन हुने ठाउँ र कुदने समय पनि निर्धारण गरिएको छ । सरकारी बसको भाडा सार्वजनिक यातायातभन्दा कम हुने मन्त्री सोनलले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.