राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली शीतल निवासमा
काठमाडौं, २९ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास गएका छन् ।
शनिबार साँझ ५ बजे ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका हुन् । ओलीसहित उनीपक्षीय अरु केही नेताहरु समेत शीतल निवास पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न साँझ शीतल निवास पुगेका हुन् । राष्ट्रपतिसँग भेटबारे भने केही खुलेको छैन । तर नेकपाभित्र विवाद उत्कर्षमा देखिदा प्रधानमन्त्री शीतल निवास जानुलाई महत्वका साथ हेरिएको छ ।
शुक्रबार शुरु भएको नेकपाको सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गम्भीर आरोप-प्रत्यारोपका पत्र पेश भएको छ । प्रचण्डले पेश गरेको पत्रप्रति प्रधानमन्त्री निकट नेताहरुले चर्को आपत्ति जनाइरहेका छन् ।
शनिबार दिउँसो प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग यसबारे बालुवाटारमा छलफल गरेका थिए ।
पार्टीमा खटपट र विवाद हुनेवित्तिकै ओली शीतल निवास जाने गर्दै आएका छन् । राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपामा खटपट आउने वित्तिकै चासो लिएर नेताहरुलाई निवासमा बोलाउने र सम्झाउने गर्दै आएकी छन् ।
