उपत्यकामा ८३५ सहित थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २९ कात्तिक : पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुष गरी १९ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ ।
काठमाडौं उपत्यकामा शनिबार थप ८ सय ३५ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ६ सय ४२, भक्तपुरमा ८८ र ललितपुरमा १ सय ५ जनामा कोरोना संक्रमित थपिएका छन् । महिला ३ सय ७९ र पुरुष ४ सय ५६ छन् ।
काठमाडौं जिल्लामा १५ हजार ९ सय ६७ सक्रिय संक्रमित छन् । २ सय ९९ संक्रमितको मृत्यु, ६१ हजार ३ सय ७९ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७७ हजार ६ सय ४५ छन् । होम आइसोलेसनमा ११ हजार ३ सय ९३ संक्रमित उपचाररत छन् ।
भक्तपुरमा सक्रिय संक्रमित १ हजार ३ सय ६ छन् । ५ हजार ६ सय ६२ कोरोना संक्रमणबाट मुक्त भएका, ७६ संक्रमितको मृत्यु र कुल संक्रमित ७ हजार ४४ रहेका छन् । होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार १४ पुगेको छ ।
त्यसैगरी, ललितपुरमा २ हजार ३ सय ४६ सक्रिय संक्रमित छन् । ८ हजार ७ सय ३२ कोरोना संक्रमणबाट मुक्त भएका छन् । ८४ संक्रमितको मृत्यु र कुल संक्रमित ११ हजार १ सय ६२ छन्। होम आइसोलेसनमा १ हजार ८ सय ३१ छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या २५०३ रहेको छ । यससँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ७० हजार ६३२ पुगेको छ ।
देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २७ हजार ७२० होम आइसोलेसनमा छन् भने ३७६ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २१५ पुगेको छ ।
देशभर कहाँ कति थपिए ?
