चर्चित डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण

काठमाडौँ, २८ कात्तिक : डा गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ । चिकित्सा शिक्षा सुधारका चर्चित अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए ।

पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए ।

‘उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ’, उनले  भने ।
उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए । उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ ।

डा केसीले चिकित्सा शिक्षा सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.