उपत्यकामा १२०७ सहित थप २१११ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

काठमाडौं, २८ कात्तिक : पछिल्लो २४ घण्टामा २ हजार १११ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।
काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार २ सय ७ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौंमा ९ सय १९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ८० जनामा कोरोना संक्रमित थपिएका छन्। महिला ५ सय २६ र पुरुष ६ सय ८१ छन् ।
काठमाडौं जिल्लामा १६ हजार ४ सय ४१ सक्रिय संक्रमित छन् । २ सय ९६ संक्रमितको मृत्यु, ६० हजार २ सय ६६ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७७ हजार ३ छन् । होम आइसोलेसनमा ११ हजार ३ सय ८७ संक्रमित उपचाररत छन् ।
भक्तपुरमा सक्रिय संक्रमित १ हजार २ सय ६७ छन् । ५ हजार ६ सय १३ कोरोना संक्रमणबाट मुक्त भएका, ७६ संक्रमितको मृत्यु र कुल संक्रमित ६ हजार ९ सय ५६ रहेका छन् । होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार १४ पुगेको छ ।
त्यसैगरी, ललितपुरमा २ हजार ४ सय ३१ सक्रिय संक्रमित छन् । ८ हजार ५ सय ३७ कोरोना संक्रमणबाट मुक्त भएका छन् । ८१ संक्रमितको मृत्यु र कुल संक्रमित ११ हजार ५७ छन्। होम आइसोलेसनमा २ हजार ८ छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार २२ छ ।

पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।
