उपत्यकामा ९७३ सहित थप १९१३ जनामा संक्रमण पुष्टि, थप १५ जनाको मृत्यु

काठमाडौं, २७ कात्तिक : पछिल्लो २४ घण्टामा देशभर कोरोना भाइरसका थप एक हजार ९१३ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार  ९१३ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९७३ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ४२८ महिला र ५४५ पुरुष रहेका छन् ।

काठमाडौंमा मात्र हालसम्म १७ हजार ४५ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २९३ जनाको मृत्यु भएको छ । त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २९२ जना सक्रिय संक्रमित रहेका छन् भने ७५ जनाको मृत्यु भएको छ ।

ललितपुरमा दुई हजार ५१२ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ७९ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३९३ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार १४ र ललितपुरमा एक हजार ८३१ जना होम आइसोलेसनमा रहेका छन् ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१  रहेको छ ।

पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६४  हजार ५९२ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण भएको हो । यससँगै हालसम्म १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म देशभर ९७४ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.