नेकपा सचिवालय बैठक शुक्रबार बोलाइयो

काठमाडौं, २७ कात्तिक : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ ।

महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् ।

पार्टी महासचिव विष्णु पौडेलले शुक्रबार ४ बजेलाई बैठक बोलाएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जिम्मा दिएका थिए ।

अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित पाँच सचिवालय सदस्यले कात्तिक २३ गते र गत मंगलबार पनि तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

गत शनिबार बहुमत सचिवालय सदस्यहरूले लिखित पत्र बुझाउँदा पनि प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएका थिएनन् । विधानको धारा ५९ (४) अनुसार महासचिव विष्णु पौडेललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.