उपत्यकामा १४२० सहित २७३९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

काठमाडौं, २५ कात्तिक : पछिल्लो २४ घण्टामा थप २७३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या एक लाख ९९ हजार ७६० पुगेको छ ।

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १४२० जना संक्रमित थपिएका छन् । जसमा ६०३ महिला र ८१७ पुरुष रहेका छन् ।

हाल काठमाडौं जिल्लामा १५ हजार ९ सय ८२ सक्रिय संक्रमित छन् । २ सय ७५ संक्रमितको मृत्यु, ५६ हजार ९ सय ४६ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ७३ हजार २ सय ३ रहेका छन् । होम आइसोलेसनमा ११ हजार  ६ सय ५१ संक्रमित उपचाररत छन् ।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ४३ छन् । ५ हजार ३ सय ८३ कोरोना संक्रमणमुक्त भएका, ७२ संक्रमितको मृत्यु र कुल संक्रमित ६ हजार ५ सय ९८ छन् । होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार ८ सय १४ पुगेको छ ।

त्यसैगरी, ललितपुरमा २ हजार २ सय ५९ सक्रिय संक्रमित छन् । ८ हजार २७ कोरोना संक्रमणबाट मुक्त भएका छन् । ६८ संक्रमितको मृत्यु र कुल संक्रमित १० हजार ३ सय ५४ छन् । होम आइसोलेसनमा १ हजार ८ सय ३१ छन् ।

पछिल्लो २४ घण्टामा ९५३ संक्रमित निको भएर घर फर्किएका मन्त्रालयले जनाएको छ ।  हालसम्म १ लाख ६० हजार ५७७ जना निको भइसकेका छन् ।

३८ हजार ३५ जना आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ११४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.