उपत्यकामा १४२८ सहित थप २५७१ जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु

काठमाडौं, २४ कात्तिक : पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५७१ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप १४२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ६३० महिला र ७९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् । त्यसमध्ये काठमाडौंमा १५ हजार ९२८, ललितपुरमा २२५९ र भक्तपुरमा ११४३ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ७९८ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ५९ हजार ७२४ जना डिस्चार्ज भएका छन् ।  मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण भएको हो । हालसम्म १५ लाख ५१ हजार २५४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर ३६ हजार १७४ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २९ हजार ८३६ जना होम आइसोलेसनका छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४११ जनाको आईसीयू र ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोना सङक्रमित बागलुङ नगरपालिका ३ का ६६ वर्षीय पुरुषको धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि शव व्यवस्थापन गर्न अस्पतालबाट लगिँदै । तस्बिर: खेमराज गौतम

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

देशभर कहाँ कति थपिए ?

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.