लेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा
काठमाडौं, २४ कात्तिक : लेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा वुल्भ्सलाई पराजित गर्दै लेस्टर लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
लेस्टरको घरेलु मैदान किङ पाओरमा भएको खेलमा वुल्भ्स १-० ले गोलले पराजित भएको हो । लेस्टरको जितका लागि खेलको एक मात्र निर्णायक गोल जेमी भार्डीले गरेका हुन् ।
एजेन्सी । लेष्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको १५ औं मिनेटमा भार्डीले पेनाल्टीमा गोल गर्दै लेष्टरलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
प्रिएटले गरेको क्रस बलमा पेनाल्टी क्षेत्रमा वुल्भ्सका डिफेन्डर मिलम्यानले हेन्ड गरेपछि रेफ्रीले भीआरको सहायतामा घरेलु टोलीलाई पेनाल्टी अवसर दिएका थिए । सोही अवसरलाई भार्डीले सदुपयोग गरे ।
त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट कुनै थप गोल निस्कन नसक्दा खेल घरेलु टोली लेस्टर सिटीले वुल्भ्समाथि १-० को साँघुरो जित निकालेको हो । यस जितसँगै लेस्टर आठ खेलबाट १८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लेस्टर आठ खेल खेल्दै ६ खेलक जित र दुई खेलमा हार व्यहोरेको छ ।
यता समान खेल खेलेको वुल्भ्सको १३ अंक रहेको छ । वुल्भ्सले ८ खेल मध्य चार खेलमा जित, एक बराबरी र तीन खेलमा हार व्यहोरेको छ ।
