ला लिगामा रियल मड्रिडको लज्जास्पद हार

काठमाडौं, २४ कात्तिक : स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले लज्जास्पद हार व्यहोरेको छ ।

रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग ४-१ गोल अन्तरको हार व्यहोरेको हो ।

भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता बनाए पनि रियलले फराकिलो हार व्यहोरेको हो ।

कार्लोस सोलेरले ह्याट्रिक गरेपछि भ्यालेन्सियाले रियलविरुद्ध सहज जित निकालेको हो ।

खेलको २३ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट रियलले सुरुवाती अग्रता बनाएको थियो ।

३० औं मिनेटमा भ्यालेन्सियाका कार्लोसले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार रियलका गोलकिपर थिबाउट कोर्टुआले बचाए ।

खेलको ३५ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा ल्याए ।

४३ औं मिनेटमा रियलका राफायल भरानेले आत्मघाती गोल गर्दा भ्यालेन्सिया पहिलो हाफमा २-१ ले अघि रह्यो ।

खेलको ५४ औं मिनेटमा कार्लोसले पेनाल्टीमा गोल गर्दै भ्यालेन्सियालाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा कार्लोसले पेनाल्टीमा व्यक्तिगत तेस्रो तथा ह्याट्रिक पुरा गर्दा भ्यालेन्सियाले ४-१ को सहज जित निकाल्यो ।

जितसँगै भ्यालेन्सिया लिगको नवौं स्थानमा उक्लिएको छ । भ्यालेन्सियाले ८ खेलमा ११ अंक जोडेको छ ।

रियल ८ खेलमा १६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.