थप २८१७ जनामा कोरोना भाइरस संक्रमण, थप २१ जनाको मृत्यु

काठमाडौं, २३ कात्तिक : पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८१७ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ५३३ कोरोना संक्रमित थपिएका छन् । जसमा ७१० महिला र ८२३ पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंमा एक हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

काठमाडौंमा मात्र हालसम्म १५ हजार ५२२ सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २७२ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १२९ जना सक्रिय संक्रमित रहेका छन् भने ७१ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २०६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म  ६७ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा ११ हजार ३६८ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७५२ र ललितपुरमा एक हजार ८०३  जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा दुई हजार ८१२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख६ ५७ हजार ९२७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ८१ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ३११ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ४० हजार ७७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना रहेका छन् । आजसम्म देशभर एक हजार १४९  जना क्‍वारेन्टिनमा रहेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट देशभर थप २१ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २१ जनाको मृत्यु भएको हो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १०८ पुगेको छ ।

देशभर कहाँ कति थपिए ?

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.