उपत्यकामा १३९८ सहित थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, ३४३० जना संक्रमणमुक्त

काठमाडौं,
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३९८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ६०१ महिला र ७९७ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म १६ हजार ३३१ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २५९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार २४८ जना सक्रिय संक्रमित रहेका छन् भने ६९ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २७६ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६५ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा ११ हजार ३५९ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७३० र ललितपुरमा एक हजार ८९१ जना होम आइसोलेसनमा रहेका छन् ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार ४३० जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४८ हजार ४०८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर दशमलव प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर २९ हजार ५७४ जना होम आइसोलेसनमा छन् । आजसम्म देशभर एक हजार २३२ जना क्वारेन्टिनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।
देशभर कहाँ कति थपिए ?
