उपत्यकामा १६३० सहित थप २९३३ जनामा संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं, १७ कात्तिक : पछिल्लो २४ घण्टामा देशभर थप २९३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

महिला ११७६ र पुरुष १७५७ जना गरी २९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै कुल संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ ।

बितको २४ घण्टामा काठमाडौं उपत्यकामा १६३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १ हजार ३ सय २९, भक्तपुरमा १ सय ८ र ललितपुरमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका छन्। महिला ७ सय २ र पुरुष ९ सय २८ छन् ।

हाल काठमाडौं जिल्लामा १६ हजार १ सय १८ सक्रिय संक्रमित छन् । २ सय ४३ संक्रमितको मृत्यु, ४८ हजार १ सय ८५ कोरोना संक्रमणबाट मुक्त भएका र कुल संक्रमित ६४ हजार ५ सय ४६ रहेका छन् । होम आइसोलेसनमा १० हजार  ७ सय ९७ संक्रमित उपचाररत छन् ।

भक्तपुरमा सक्रिय संक्रमित १ हजार ३३ छन् । ४ हजार ८ सय ३ कोरोना संक्रमणबाट मुक्त भएका, ६७ संक्रमितको मृत्यु र कुल संक्रमित ५ हजार ९ सय ३ रहेका छन् । होम आइसोलेसनमा बसी उपचार गर्नेको संख्या १ हजार ७ सय १९ पुगेको छ ।

त्यसैगरी, ललितपुरमा २ हजार २ सय ८८ सक्रिय संक्रमित छन् । ६ हजार ८ कोरोना संक्रमणबाट मुक्त भएका छन् । ६३ संक्रमितको मृत्यु र कुल संक्रमित ९ हजार १ सय ५१ रहेका छन् । होम आइसोलेसनमा २ हजार २ सय ५७ छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार १५० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३७ हजार ९९२ जना डिस्चार्ज भएका छन् ।

देशभरका प्रयोगशालाहरुमा हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । देशभर दुई हजार ११९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

संक्रमितमध्ये २१.२ प्रतिशत सक्रिय संक्रमित रहेका हुन् । यस्तै हालसम्म कुल संक्रमितको ०.६ प्रतिशतले ज्यान गुमाउँदा निको हुनेको प्रतिशत ७८.२ रहेको छ ।

देशभर कहाँ कति थपिए ?

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.