बार्सिलोना लगातार चार खेलमा जीतविहीन

काठमाडौं, १६ कात्तिक : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले आल्भेससंग बराबरी खेल्दै अंक बाँडेको छ ।

शनिबार राति बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेससंग १–१ गोलको निराशाजनक बराबरी खेलेको हो ।

बार्सिलोना स्पेनिस ला लिगामा लगातार चार खेलमा जीतविहीन बन्न पुगेको छ ।

तालिकाको १५ औं स्थानको आल्भेसका लुईस रोजाले घरेलु टोलीलाई अघि बढाएका थिए । आल्भेसका मिडफिल्डर जोटा ६२ औं मिनेटमा दोहोरो पहेलो कार्ड खादै मैदान छाडेका थिए ।

६३ औं मिनेटमा एन्टोनी ग्रिजम्यानले बार्सिलोनाका लागि बराबरी गोल फर्काएका थिए । तर बार्सिलोनाले १० खेलाडीमा सिमित आल्भेसमाथि जित निकाल्न भने सकेन ।

अंशु फातीको उत्कृष्ट प्रहारलाई फर्नान्डो पाचेकोले असफल बनाएका थिए । उनै स्पेनिस गोलकिपर फर्नान्डोले पाहुना टोलीका लियोनल मेस्सी, मिरालेम पजनिस र सर्जिनो डेस्टलाई समेत निराश बनाएका थिए ।

च्याम्पियन्स लिग फुटबलको पछिल्लो खेलमा युभेन्ट्सविरुद्ध जित निकालेको बार्सिलोना स्पेनिस लिगमा लिग लिडर रियल मड्रिड भन्दा ८ अंकले पछि परेको छ ।

बार्सिलोना ८ अंक सहित १२ औं स्थानमा छ । आल्भेस समान अंक जोड्दै १३ औं स्थानमा छ । लिग लिडर रियल मड्रिड १६ अंक सहित शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.