उपत्यकामा १३५७ सहित थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि, २२६४ जना डिस्चार्ज
काठमाडौं, १५ कात्तिक : पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ५०८ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ३५७ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन् ।
काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २१९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार १५१ जना सक्रिय संक्रमित रहेका छन् भने ६६ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार ३०३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६० जनाको संक्रमणबाट मृत्यु भएको छ ।
काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार २५७ जना होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा दुई हजार २६४ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३१ हजार २२२ जना डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ५७६ जना र होम आइसोलेसनमा ३१ हजार ८ जना रहेका छन् । आजसम्म देशभर तीन हजार जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट देशभर थप १७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप १७ जनाको मृत्यु भएको हो ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ ।
