स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणमुक्त

काठमाडौँ, १५ कात्तिक : इटालियन क्लब युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।

युभेन्ट्सले शुक्रबार रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएको जनाएको छ । रोनाल्डोको पछिल्लो रिपोर्ट नेगेटिभ आएको युभेन्ट्सले जनाएको छ ।

कोरोना देखिएको १९ दिनपछि रोनाल्डो कोरोना मुक्त भएका हुन् । नेसन्स लिग खेल्न पोर्चुगल पुगेका रोनाल्डोलाई अक्टोबर १४ मा कोरोनाको संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित भएपछि रोनाल्डो दुई साता भन्दा बढीबाट मैदान बाहिर रहदै आएका छन् । नेसन्स लिग अन्तर्गत स्विडेनसँगको खेल अघि रोनाल्डोलाई कोरोना देखिएको थियो । ३५ वर्षीय फरवार्डले स्विडेनसँगको खेल गुमाएका थिए ।

यस्तै उनले युभेन्ट्सबाट च्याम्पियन्स लिगका दुई खेलसहित चार खेल खेल्न पाएनन्।

‘सिरि ए’का दुवै खेलमा युभेन्ट्स बराबरीमा रोकिएको थियो ।

यस्तै च्याम्पियन्स लिगमा डाइनामो किभलाई हराएको युभेन्ट्स स्पेनिस क्लब बार्सिलोनासँग २-० गोलले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.