काभ्रे पोस्टका सम्पादक चौलागाईंको निधन
काठमाडौं, १४ कात्तिक : काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको आज बिहान ४ बजे निधन भएको छ ।
असोज २६ गते कोरोना संक्रमण भएपछि होम आइसोलेसन रहेका उनमा ज्वरो बढेपछि कात्तिक १ गते ओम अस्पताल भर्ना गरिएको थियो । चौलागाईँ ब्रोनक्राइटिसबाट पनि पीडित थिए ।
कोरोना भाइरसको संक्रमण देखिएपछि १५ दिनअघि ओम अस्पताल चाबहिलमा भर्ना भएका चौलागाईंको उपचारकै क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि चौलागाईंको फोक्सोमा समस्या देखिएको थियो ।
पछि पुन: कोरोना जाँच (पीसीआर) गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । काभ्रे चौंरी देउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् ।
